बुधबार, बैशाख १२, २०८१

एमाले स्थायी कमिटी सदस्य भुसाल र साह आधादर्जन केस पार्टीबाट निष्कासित

काठमाडौं मंसिर २४ ,

नेकपा एमालेले आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरेको छ । मंसिर ४ गते सम्पन्न् आम निर्वाचनमा पार्टी गतिविधिविरुद्ध काम गरेको भन्दै भुसाल र साहलाई पार्टीबाट हटाएको नेकपा एमालेले जनाएको छ ।

त्यस्तै बैठकले उपेन्द्र साह [रौतहट], कुन्दन कुसवाह[रौतहट] रामप्रित राम  [सिराहा], बद्री न्यौपाने [सर्लाही], रीता साह [सर्लाही], गङ्गा चौधरी [दाङ] र टेकबहादुर बलम्पाखी [महोत्तरी]लाई पनि केन्द्रीय सदस्यबाट निष्काशन गरेको छ।