शनिबार, बैशाख ८, २०८१

माओवादी केन्द्रको समानुपातिक संसद सदस्यको सूची आयोगमा

काठमाडौं मंसिर २४ ,

गत मंसिर ४ गते सम्पन्न् आम निर्वाचन मार्फत समानुपातिकतर्फ १४ सिट प्राप्त गरेका नेकपा माओवादी केन्द्रले समानुपातिक संसद सदस्यको अन्तिम नामावली आयोगमा बुझाएको छ। यसअघि बसेको माओवादी केन्द्रको आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले ती नामावलीलाई अन्तिम रुप दिएको हो ।

माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीमा दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङल्यामु लामा तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, रुपा सोसीचौधरी, रणेन्द्र बराइली, सुशीला श्रीपाली ठकुरी, मीना यादव, उमरावतीदेवी यादव र कल्पना मियाँ रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।