बिहिबार, बैशाख ६, २०८१

समानुपातिक सांसदको अन्तिम सूचीको टुङ्गो लगाउँदै दलहरु

 काठमाडौं मंसिर २४ ,
निर्वाचन आयोगले समानुपातिक संसद् सदस्यको अन्तिम सूची पेस गर्न आज अपराह्न ४ बजेसम्मको समयभित्रै सांसदको सूची पेस गर्न गरेको पत्राचार अनुरुप पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रीत भएका छन ।

गर्ने गरी दलहरु तयारीमा जुटेका हुन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम नतिजा आएपछि आयोगले दलहरुले प्राप्त गरेको समानुपातिक सिट सङ्ख्याको अन्तिम सूची आजसम्म बुझाउन निर्देशन दिएको हो

यसवीचमा केहि दलले समानुपातिक सूची टुङ्गो लगाइसकेका छन् भने ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले , नेकपा माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सांसदको सूची टुङ्ग्याउँने तयारीमा रहेको थाहा भएको छ ।