बिहिबार, चैत्र १५, २०८०

नेदरल्याण्डलाइ पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

 काठमाडौं मंसिर २४ ,
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा अर्जेन्टिना नेदरल्याण्डलाइ पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

अर्जेन्टिनाले खेलको ३५औं मिनेटमा पहिलो गोल र ७३औं मिनेटमा दोस्रो गोल गरेको हो । तर नेदरल्याण्डको तर्फबाट पनि खेलको ८३औं र इञ्जुरी समयमा गरेको गोलका कारण खेल बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

त्यसपछि दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो र टाइब्रेकरमा अर्जेन्टिनाले खेल ४–३ गोल अन्तरले नेदरल्याण्डलाइ पराजित गरेको हो ।