मङ्लबार, चैत्र ६, २०८०

१९औँ राष्ट्रिय ज्यापू दिवसको अवसरमा सास्कृतिक -यालीसंगै यःमरीको प्रदर्शन

नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापू समुदायको भूमिका महत्वपूर्ण : प्रम देउवा

काठमाडौं मंसिर २२

१९औँ राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू संस्कृति विकास कोषले आज राजधानीमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख आतिथ्यतामा   एक विशेष कार्यक्रमको आयोजना गरेको गरेको छ । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापू समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो

कार्यक्रमा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं क्षेत्र १ का सांसद प्रकाशमान सिंह, काठमाडौं क्षेत्र ९ का सांसद कृष्णगोपाल श्रेष्ठ, ललितपुर क्षेत्र २ का सांसद प्रेमबहादुर महर्जन, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, ज्यापू महागुथिका अध्यक्ष, ज्यापू समाज,यलका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा  समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेहरूलाई सम्मान समेत गरिएको थियो ।

यसअघि  आयोजित  सास्कृतिक ९यालीमा परम्परागत भेषभूषा सहित मौलिक कलाको प्रदर्शनी, परम्परागत धिमे बाजा र यःमरीको समेत प्रदर्शनी गरिएको थियो ।