बिहिबार, बैशाख ६, २०८१

कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै

 काठमाडौं मंसिर २२
नेपाली कांग्रेसले मङ्सिर २४ गते शनिबार बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ ।

पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायत विषयमा सुक्ष्म छलफल सहित नितिगत निर्णग गर्ने काँग्रेसको तयारी रहेको छ ।

प्रस्तुत बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा काँग्रेसले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ५७ सिट र समानुपातिकतर्फ ३२ सिट गरि कुल ८९ सिट प्राप्त गरेको छ।