शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ आम निर्वाचन मार्फत प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरूको सूची

 काठमाडौं मंसिर २२,

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनमार्फत प्रत्यक्ष तर्फ संघीय संसदमा नेपाली काँग्रेसले ५७ सिट र समानुपातिक तर्फ ३२ सिट प्राप्त गरेको छ । त्यस्तै प्रदेशसभातर्फ १११ स्थानमा जिय प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै नेकपा एमालेले प्रतिनिधिसभा तर्फ ४४,समानुपातिक तर्फ ३४, प्रदेशसभा तर्फ ९१ स्थानमा , नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा १८स्थान, समानुपातिकतर्फ १४ र प्रदेशसभाको ५४ स्थानमा आफ्ना उम्मेदवार निर्वाचित गराउन् सफल भएको छ ।

त्यस्तैगरि नेकपा एसले प्रतिनिधिसभा १० स्थामा र प्रदेशसभाको १४ स्थानमा विजय प्राप्त गर्दै गर्दा समानुपातिक तर्फ थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिक तर्फ कुनै स्थान बनाउन र राष्टि«य दलको मान्यनता समेत पाउँन सकेनन ।

त्यस्तै जसपाले प्रतिनिधिसभा तर्फ ७ स्थानमा समानुपातिक तर्फ ५ र प्रदेशसभा ११ स्थानमा निर्वाचित भएके निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार राप्रपाले प्रतिनिधिसभामा ७ समानुपातिक तर्फ ७ र प्रदेशसभा ११ स्थानमा विजय पाएक छन भने रास्वपाले पनि प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरि कुल २० स्थानमा र आफ्नो पकड जमाएका छन । त्यस्तै गरि स्वतन्त्र उम्मेदवारको हैसियतमा प्रतिनिधिसभा ५ जना र प्रदेशसभामा १२ जना उम्मेदवार निर्वाचित भएका छन ।

त्यस्तै लोपाले प्रतिनिधिसभा ४ र प्रदेशसभा ९ स्थान नागरिकउन्नमुक्ति पार्टीले प्रतिनिधिसभा ३ र प्रदेशसभा ७ स्थानमा जनमत पार्टीले प्रतिनिधिसभा १ र समानुपातिक ५ स्थानमा संगै प्रदेशसभामा समेत ५ स्थाथानमा आफ्ना उम्मेदवार निर्वाचित गराउन् सफल हुँदै गर्दा राजमो, नेमकिपाले प्रतिनिधिसभा तर्फ १ १ स्थानमा आफ्नो उम्मेदवार निर्वाचित गराउँदै गर्दा हाम्रो नेपाली पार्टीको तर्फबाट प्रदेशसभा सदस्यमा एक मात्र उम्मेदवार निर्वाचित भएको आयोगले जनाएको छ।