बुधबार, बैशाख ५, २०८१

प्रन्या जबराविरुद्धको महाअभियोग प्रस्ताव जीवितै : सरकारका प्रवक्ता कार्की

काठमाडौं मंसिर २१,
आम निर्वाचन पछि बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महा अभियोग प्रस्ताव जीवितै रहेको बताउनुभएको छ।

पत्रकारसम्मेलनमा प्रवक्ता कार्कीले महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएको जिकर सहित निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल हुने र छलफलबाट निर्णयमा पुग्ने बताउनुभयो ।

यसअघि संघीय संसद सचिवालयले संसद् सचिवालय महासचिव डा भरतराज गौतमद्वारा आज जारी पत्रमा   प्रन्या जबरामाथिको महाअभियोग निष्प्रभावी भएको र नियमित कार्यसम्पादन गर्न दिनु भन्ने व्यहोरा उल्लेख भएको र उक्त सर्वोच्च अदालतमा पुगेसंगै चौतर्फी तरंग सिर्जना भएको हो ।

त्यस्तै उहाँ मन्त्रिपरिषद् बैठकको निर्णका विषयमा जानकारीदिदै सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गर्नुको अलावा निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्‍याउनु हुने सबैलाई सरकारकारको तर्फबाट धन्यवाद दिने निर्णय भएको बताउनुभयो।

यस्तो छ मप बैठकका निर्णय :

त्यस्तै उहाँले बिैठकले विद्यालय शिक्षा आयोजनाका लागि फिन्ल्याण्ड सरकारबाट प्राप्त् हुने २ अर्व ५४ करोड र नर्वे सरकारबाट प्राप्त् हुने २अर्व ५७ करोड अनुदान सहयोग स्वीकार गर्ने निर्णयसंगै कर्मचारस् सञ्चयकोषको प्रशासकमा जितेन्द्र ढकाललाइ नियुक्त गर्ने निर्णय भएको बताउनुभयो । त्यस्ते पोलियो भाइरस खोपको किल्निकल अभ्यासका लागिस्वीकृति प्रदानगर्ने लगायतका निर्णय भएको बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930