शुक्रबार, बैशाख ७, २०८१

२८ औँ महानगर दिवस विगतका वर्षमा झै मनाउने महानगरको तयारी

 काठमाडौं मंसिर २१,
काठमाडौँ महानगरपालिकाले २८ औँ महानगर दिवस विगतका वर्षमा झै मनाउने भएको छ । महानगरले आज पत्रकार सम्मेलनमार्फत विसं २०५२ मा मङ्सिर २९ गते तत्कालीन काठमाडौँ नगरलाई महानगर घोषणा गरेपछि प्रत्येक वर्ष मंसिर २९ गते महानगर दिवस मनाउने क्रमको शुरुवात भएको हो ।

यस वर्षको महानगर दिवसमा पनि अनलाइनमार्फत सेवाग्राही सर्वेक्षण, बाजागाजामा युवाको रुचि बढाउन धिमे बाजा प्रतियोगिता, चित्रकला र निबन्ध लेखन, शिक्षकस्तरका वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रमको आयोजना गर्ने प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

त्यस्तै उहाँले यस वर्ष पनि गुरुहरुको सम्मान, कला प्रवद्र्धनको लागि प्रतियोगात्मक चित्रकला प्रदर्शनी, महिला, उद्यमी मेला, खुला क्षेत्रको सरसफाइ, स्वास्थ्य शिविर सञ्चालन, हाडीगाउँ सम्पदा महोत्सव, जनचेतनामूलक सडक नाटक, विपद्को कृतिम अभ्यास कार्यक्रलाई पनि समेट्ने प्रयास भएको बताउँदै यसपटक आगजनीको समयमा घटनास्थलमा छिटो पुग्न सकोस भन्ने लक्ष्य सहित दमकल सेवालाई विस्तार गरी बालाजु औद्योगिक क्षेत्रमा शुरु गरिएको वारुणयन्त्र केन्द्रको उद्घाटन गरिने जानकारीदिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930