शनिबार, बैशाख ८, २०८१

आयोगले पठायो दलहरूलाई समानुपातिकतर्फको सिट बाँडफाँटसहितको पत्र

 काठमाडौं मंसिर २१,

निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएसिंगै प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान [सिट] सङ्ख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई आज ३ दिने पत्राचार गरेको छ ।

त्यस्तै आयोगले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिनको समय सिमा तोक्दै पठाएको पत्रमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मतसङ्ख्या, प्रतिशत र सिट सङ्ख्या निर्धारण गरी कम्तीमा एक तिहाइ महिला प्रतिनिधित्व हुने गरी सिफारिश गर्न भनेको छ ।

साथै आयोगले दलहरूबाट नामावली सिफारिस प्राप्तभएपछि मंसिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको जनाएको छ।