बुधबार, बैशाख ५, २०८१

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा

एक करोड पाँच लाख ६० हजार ६७ मतगणना सम्पन्न

काठमाडौं मंसिर २१,
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगले हालसम्म एक करोड पाँच लाख ६० हजार ६७ मतगणना सम्पन्न भइसकेको जनाउँदै यसमध्ये नेकपा एमालेले २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गर्दै पहिलो स्थानमा प्राप्त गरेको जनाएकोछ ।

त्यस्ते नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गर्दै दोस्रो स्थान प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार छ सय ८४ मत प्राप्त गरेको छ।

त्यस्तै रास्वपाले ११ लाख ३० हजार तीन सय ४४ मत , राप्रपाले पाँच लाख ८८ हजार आठ सय ४९ मत , जसपाले चार लाख २१ हजार तीन सय १३, जनमत पार्टीले तीन लाख ९४ हजार छ सय पाँच मत र नेकपा ९एकीकृत समाजवादीले दुई लाख ९८ हजार तीन सय ९१ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

त्यस्तै गरि नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार सात सय २२ मत, लोसपाले एक लाख ६७ हजार तीन सय ६७ मत, नेमकिपाले ७५ हजार एक सय ६८ मत, हाम्रो नेपाली पार्टीले ५५ हजार सात सय ४३ मत, मत प्राप्त गरेको छ । आयोगका अनुसार आज अवेर रातीसम्म समानुपातिकतर्फको मतगणना सकिने जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930