शुक्रबार, चैत्र १६, २०८०

जापानलाई पेनाल्टी सुटआउटबाट हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा

 काठमाडौं मंसिर २० ,
कतारमा जारी विश्वकप फुटबल अन्र्तगत अन्तिम १६ को खेलमा जापानलाई पछि पार्दै साबिक उपविजेता क्रोएसिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीसँगै खेल अतिरिक्त समय धकेलिएको थियो। उक्त समयमा पनि गोल हुन नसकेपछि विजेता टोलीको टुङ्गो पेनाल्टी सुटआउटबाट भएको हो।

पेनाल्टी सुटआउटमा क्रोएसिया ३–१ ले विजयी भयो। पेनाल्टी सुटआउटमा जापानका ताकुमा एसानोको पेनाल्टी मात्र सफल हुँदा पाकुमी मिनामिनो, काउरो मिटोमा, माया योशिडाको प्रहार विफल भयो। क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिक र मारियो पासालिकले गोल गर्दै गर्दा मार्को लिभाजाको प्रहार भने विफल भएको थिययो।

अवको चरणमा क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिल र दक्षिण कोरियाबीचको विजेतासँग खेल्नेछ । ब्राजिल र दक्षिण कोरियाको खेल नेपाली समय अनुसार आजै राति १२स्४५ बजे हुनेछ ।