बुधबार, बैशाख १२, २०८१

धार्मिक पर्यटन प्रवर्द्धनका लागि थाङ्का लेखन तालिम

काठमाडौं मंसिर २० ,
ककनीमा धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा एक महिने थाङ्का लेखन तालिम आइतबारदेखि सुरु भएको छ।

समितिका कार्यकारी निर्देशक होम दोङले प्रस्तुत तालिमले धार्मिक पर्यटन प्रवर्द्धन संगै बौद्ध दर्शनसँग जोडिएको थाङ्का लेखनले व्यावसायिक विस्तार समेत गर्न सकिने बताउनुभयो ।

तालिमका प्रशिक्षक मोहन दोङले हामी तालिम अवधिभर थाङ्काको उत्पत्ति, लेखन विधि, शैली र मानव सभ्यताको बिकासक्रमसँग जोडिएको विषयवस्तुसँग केन्द्रीत हुँदै दिइने तालिम आफैमा उपलब्धिमूलक हुनुको अलावा आर्थिक उपार्जन राम्रो माध्यम बन्ने बताउनुभयो ।

मोहन दोङ, भुवनदास तामाङ, निपुण तामाङको प्रशिक्षणमा ताप्लेजुङ, सोलुखुम्बु, धादिङ‚ नुवाकोट‚ रामेछाप लगायतका करिब डेढ दर्जनभन्दा बढीको प्रशिक्षर्थीको सहभागिता रहेको यस तालिमको संयोजक सन्जु योङ्गया र सहसंयोजक लक्ष्मी रुम्बाले गर्ने बताउनुभयो ।