बिहिबार, चैत्र १५, २०८०

प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० मध्ये कुन प्रदेशमा कसको बाहुल्यता?

३३० मध्ये १२ स्थानमा स्वतन्त्र उम्मेदवार निर्वाचित

काठमाडौं मंसिर १९ ,
मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्र्तगत प्रदेशसभातर्फको सातवटै प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक मतपरिणाम अनुसार प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ११ स्थानमा विजयी हुँदै नेपाली कांग्रेस ठूलो दल बनेको छ । नेकपा एमालेले ९१, स्थानमा नेकपा माओवादी केन्द्रले ५४ स्थानमा , नेकपा एकीकृत समाजवादीले १५ स्थानमा , राप्रपाले ११ स्थानमा जसपाले ११ स्थानमा , लोसपाले ९ स्थानमा , जनमत पार्टी ले ६ स्थानमा, नागरिक उन्मुक्ति पार्टीले ७ स्थानमा र नेपाल मजदुर किसान पार्टी ,हाम्रो नेपाली पार्टीले एक / एक स्थानमा जित हासिल गरेका छन् । त्यस्तै प्रदेशसभा ३३० मध्ये १२ स्थानमा स्वतन्त्र उम्मेदवारले जित प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रादेशिक प्रत्यक्ष तर्फको कुन प्रदेशमा कसको कति सिट :  

प्रदेश नं १  ५६ सिट मध्ये :  कांग्रेस १७, एमाले २५, माओवादी केन्द्र ९ र एकीकृत समाजवादी २ स्थान प्राप्त गरेको छ।

मधेस प्रदेशको ६४ सिट मध्ये कांग्रेस १३, एमाले १५, जसपा ९ , लोसपा ७, जनमत पार्टी छ, माओवादी केन्द्र र एकीकृत समाजवादी ४/४ स्थानमा विजयी हुँदै गर्दा छ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन ।

बागमती प्रदेशसभाको ६६ सिट मध्ये कांग्रेस २५, माओवादी केन्द्र १४, एमाले १३, राप्रपा ७ , एकीकृत समाजवादी ५ तथा नेमकिपा र हाम्रो नेपाली पार्टी १/१ स्थानमा निर्वाचित भएका छन ।

गण्डकी प्रदेशसभाका ३६ सिट मध्ये कांग्रेस १८, एमाले १२, माओवादी ५ र एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशसभाका ५२ क्षेत्र मध्ये एमाले १८, कांग्रेस १७, माओवादी ५ , राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी २/२ , जनमत पार्टी १ जना सदस्य निर्वाचित हुँदै गर्दा तीन स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशसभाको २४ सिट मध्ये कांग्रेस ९, माओवादी केन्द्र ९, एमाले ५ र स्वतन्त्र प्रदेश सभा सदस्य निर्वाचित भएका छन ।

सुदूरपश्चिम प्रदेशसभाको ३२ सिट मध्ये : कांग्रेस १२, माओवादी केन्द्र ८ , नागरिक उन्मुक्ति पार्टी ५ , एमाले ३ र एकीकृत समाजवादी ३ र १ स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका छन ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशन १ मा ३७ जना, मधेश प्रदेशमा ४३, जना ,बागमती प्रदेशमा ४४ जना, गण्डकी प्रदेशमा २४ जना, लुम्बिनी प्रदेशमा ३५ जना , कर्णाली प्रदेशसभामा १६ जना र सुदूरपश्चिम प्रदेशसभामा २१ जना गरि कुल २२० जना थप सदस्य निर्वाचित गर्दै प्रत्यक्ष र समानुपातिक गरि ५५० प्रदेशसभा सदस्यले कार्य सम्पादन गर्नेछ ।