शुक्रबार, बैशाख ७, २०८१

समानुपातिकतर्फ २८ लाख १ हजार मत सहित एमाले पहिलो स्थानमा

काठमाडौं मंसिर १९ ,
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी रहेको जनाएको छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार कूल एक करोड चार लाख ४७ हजार सातसय उनान्चास मत गणना सम्पन्न भएको आयोगले जनाएके छ।

गणना सम्पन्न भएके मतपरिणाम अनुसार नेकपा एमालेले २८ लाख १ हजार ८ सय ७० मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ भने नेपाली कांग्रेसले २६ लाख ७३ हजार २७ मत प्राप्त गरि दोस्रो स्थानमा रहेको आयोगले जनाएके छ। त्यस्तै नेकपा माओवादी केन्द्रले ११ लाख ६३ हजार ८५ मत प्राप्त गरेका छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ६ सय १४ मत प्राप्त गरेको छ।

त्यस्तै गरि राप्रपाले पाँच लाख ८६ हजार ६ सय ९८ मत , जनता समाजवादी पार्टीले चार लाख २० हजार नौ सय ४९ मत , जनमत पार्टीले तीन लाख ९४ हजार पाँच सय ३७ मत प्राप्त गरेको आयोगले जनाएके छ।

नेकपा एकीकृत समाजवादीले दुई लाख ९४ हजार पाँच सय ४ मत प्राप्त नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार छ सय ६८, लोसपाले एक लाख ६७ हजार दुई सय ८४, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ७२ मत, हाम्रो नेपाली पार्टीले ५५ हजार छ सय २४, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार ८ सय १९ र राष्ट्रिय जनमोर्चाले ४६ हजार तीन सय ९२ मत प्राप्त गरेको आगोगले जनाएके छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930