शुक्रबार, चैत्र १६, २०८०

स्याङ्जा निर्वाचन क्षेत्र २ बाट कांग्रेसका उपसभापति गुरुङ निर्वाचित

काठमाडौं मंसिर १८,
गत मंसिर ४ गते सम्पन्न निर्वाचन अन्र्तगत स्याङ्जा निर्वाचन क्षेत्र २ मा मतदान भएको १० दिनपछि भएको मतगणनाको अन्तिम मतपरिणाम शनिवार सार्वजनिक भएको छ।

कुल मतदाता ७१ हजार १ सय ९१ मतदान भएको स्याङ्जा २ बाट संघीय संसदमा नेपाली काँग्रेसका उम्मेदवार एवम पार्टी उपसभापति धनराज गुरुङले आफ्ना निकटम प्रतिस्प्रर्धी एमालेका केन्द्रीय सचिव पद्मा अर्याललाई ५ हजार ६ सय २७ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो ।

त्यस्तै काँग्रेस उम्मेदवार गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी सचिव अर्यालले २५ हजार ८ सय ३९ मत प्राप्त गरेकी थिइन्। प्रदेश सभा सदस्यमा पनि दुवै जना नेपाली काँग्रेसबाट निर्वाचित भएका छन्। निर्वाचन क्षेत्र २ प्रदेश क बाट भोजराज अर्याल र प्रदेश ख मा महेश भट्टराई निर्वाचित भएको हो ।

निर्वाचित प्रतिनिधिसभा सांसद र प्रदेशसभा सांसदलाई आज निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र दिने कार्यक्रम रहेको थाहा भएको छ। साथै गुरुङको विजयसंगै आम निर्वाचनको प्रत्यक्ष तर्फ नेपाली काँग्रेसले ५५ स्थानमा जित हाँसिल गरेको छ।