शनिबार, बैशाख ८, २०८१

विश्वकप फुटबल : अष्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा

 काठमाडौं मंसिर १८,
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता अन्र्तगत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले अष्ट्रेलियालाई २९१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने ५७औं मिनेटमा जुलियान अल्भारेजको गोलपछि अग्रता दोब्बर भयो । खेलको ७७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अष्ट्रेलियालाई खेलमा फर्काउन गरेको प्रयास आफैमा असफल रह्यो ।

अष्ट्रेलियामाथिको जितसंगै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अर्जेन्टिना दोस्रो टोली बनेको छ । यसअघि भएके पहिलो खेलमा नेदरल्याण्ड्सले अमेरिकालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको अवको क्वाटरफाइनलको प्रतिस्प्रर्धा नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच हुने भएकेछ ।