शनिबार, बैशाख ८, २०८१

बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री पाण्डे निर्वाचित

 काठमाडौं मंसिर १८,
गत मंसिर ४ गते सम्पन्न निर्वाचन अन्र्तगत बाजुराबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उममेदवार बद्रीप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ।

कांग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डेले ३१ हजार सात सय ८६ मत प्राप्त गरेर निर्वाचित हुँदै गर्दा उहाँको निकटम प्रतिस्प्रर्धी नेकपा एमालेका कर्णबहादुर थापाले २६ हजार तीन ४९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

बाजुराका कुल ८३ हजार पाँच सय ६७ कुल मतदाता मध्ये ५९ हजार सात सय ५७ मत खसेको थियो ।