शनिबार, बैशाख ८, २०८१

सिएमएसमा प्रवेश गरी प्रकाशित समाचार हटाउने कार्य प्रेस स्वतन्त्रतामाथिको गम्भीर आघात : महासङ्घ

 काठमाडौं मंसिर १७,
नेपाल पत्रकार महासङ्घले पाथसिड नेपाल प्रालिद्वारा सञ्चालित उकेरा डटकमको सिएमएसमा प्रवेश गरी प्रकाशित सामग्री हटाएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्लो समय उकेरा डटकममा उपराष्ट्रपति नन्दकिशोर पुनका पुत्र दिपेश पुनको सहकारीसम्बन्धी समाचार, स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रवि लामिछानेको नागरिकतासम्बन्धी समाचार र सुकुम्बासीसम्बन्धी समाचार प्रकाशित भएको र प्रकाशित समाचार हटाई अन्य असम्बन्धित समाचार पोष्ट गरिएको हो ।

महासङ्घले आज जारी विज्ञप्तिमार्फत प्रकाशित समाचारमाथि चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिने र अदालतसम्म जाने विकल्प हुँदाहुँदै प्रविधिको दुरुपयोग गरी सिएमएसमा प्रवेश गरी प्रकाशित समाचार हटाउने कार्यले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुग्नुका साथै साइबरसम्बन्धी कानूनको समेत गम्भीर उल्लङ्घन भएको जनाएको छ ।

त्यस्तै प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यको कडा विरोध र भत्र्सना गर्दै र कानूनविपरीत यस्ता कार्य गर्नेमाथि छानबिन गरी कारबाही गर्न तथा भविष्यमा यस्ता कार्य दोहोरिन नदिन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ विज्ञप्तिमा भनिएको छ ।