शुक्रबार, चैत्र १६, २०८०

एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक: प्रत्यक्षतर्फ काँग्रेस पहिलो ,समानुपातिकतर्फ एमाले

समानुपातिक प्रणालीतर्फ एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न

काठमाडौं मंसिर १७,
निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्र्तगत समानुपातिक प्रणालीतर्फ एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको जनाएकोछ । सम्पन्न मतगणनाको निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको मतसूचीअनुसार नेकपा एमालेले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मत प्राप्त गरेको छ ।

त्यस्ते नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार आठ सय ८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार दुई सय ५९, जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार नौ सय ४३ र जनमत पार्टीले तीन लाख ९४ हजार तीन सय ८५ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम मात्र सार्वजनिक हुँन बाँकी रहेको छ।

सार्वजनिक मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले ५५ स्थानमा ,एमालेले ४४ स्थानमा, माओवादी केन्द्र १७, नेकपाएकीकृत समाजवादीले १० स्थानमा , जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ स्थानमा जित हासिल गरेका छन् । त्यस्तै स्वतन्त्रले पाँच, लोसपाले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, नेमकिपाले , जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान १ स्थानमा विजयी भएका छन् ।