शुक्रबार, चैत्र १६, २०८०

समानुपातिकतर्फ एमालेको अग्रता कायमै , कांग्रेस दोस्रो स्थानमा

 काठमाडौं मंसिर १६,

निर्वाचन आयोगले आम निर्वाचन अन्र्तगत समानुपातिक निर्वाचन प्रणाली तर्फ एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको जनाएकोछ ।

त्यस्तै आयोगले ९४ दशमलव ६१ प्रतिशत मत गणना पछि आफ्नो सूचना प्रणालीमा प्रविष्ट भएको परिणाम अनुसार नेकपा एमालेले २७ लाख ७३ हजार नौ सय ९९ मत प्राप्त गर्दै पहिलो स्थानमा र २६ लाख ४४ हजार दुई सय ४१ मत प्राप्त गर्दै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको जनाएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ११ लाख ६१ हजार दुई सय ५६, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार नौ सय ९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८५ हजार नौ सय २१, जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार नौ सय ३१ र जनमत पार्टीले तीन लाख ९४ हजार तीन सय ४५ मत प्राप्त गरेका छन् ।

यसैवीच प्राप्त मतपरिणाम अनुसार नेकपा एमाले , नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेगरी सदर मतका े तीन प्रतिशत थ्रेस होल्ड कटाएको जनाएके छ। साथै आयोगले आगामी चार दिनभित्र समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न हुने आंकल रहेको जनाएको छ। त्यसपछि दलले पाएको मत संख्या अनुसार बन्द सूचीबाट समानुपातिक सांसद निर्वाचित गरिने जनाएको छ।