शुक्रबार, बैशाख ७, २०८१

आम निर्वाचन प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको परिणाम घोषणा

संघीय संसदमा राष्ट्रिय दलको मान्यता प्राप्त ७ सहित १२ दल र पाँच स्वतन्त्र सासंदको  प्रतिनिधित्व

काठमाडौं मंसिर १६,
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अन्र्तगत प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको परिणाम घोषणा भइसकेको छ भने बाँकी ३ स्थान क्रमस स्याङ्जा निर्वाचन क्षेत्र नं २, दोलखा निर्वाचन क्षेत्र नं १ र बाजुरा निर्वाचन क्षेत्र नं १ मा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै आयोगले प्राप्त परिणाम अनुसार प्रत्यक्ष तर्फ नेपाली कांग्रेसले ५५ स्थानमा नेकपा एमाले ४४ स्थानमा , नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी नेपालले ७ , राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र राष्ट्रिय स्वतन्त्र पार्टीले ७ र लोकतान्त्रिक समाजवादी पार्टी४ स्थानमा विजय प्राप्त गरेका छन । त्यस्तै गरि नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा, नेमकिपाले र जनमत पार्टी एक÷एक स्थान र पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

यसैवीच आम निर्वाचनमार्फत संघीय संसदमा राष्ट्रिय दलको मान्यता प्राप्त ट दल क्रमस नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र,जसपा,रास्वपा राप्रपा र जनमत पार्टी सहित नेकपा एस, लोसपा, राजमो, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी गरि १२ दल र   स्वतन्त्रबाट निर्वाचित सासंदहरु क्रमस योगेन्द्र मण्डल, अमरेशकुमार सिंह, किरणकुमार साह, प्रभु साह र लालवीर चौधरीको प्रतिनिधित्व  रहने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930