बुधबार, बैशाख १२, २०८१

सुकुम्बासीलाई तत्काल हटाउने काम नगर्न आयोगको आग्रह

काठमाडौं मंसिर १६,
राष्ट्रिय भूमि आयोगले काठमाडौंलगायत ठाउँमा रहेका सुकुम्बासीलाई अहिले नै नहटाउन आग्रह गरेको छ। आयोगले आज गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै महानगरसहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानका सुकुम्बासीलाई अहिले नै नहटाउन भनेको हो ।

त्यस्तै आयोगको सूचनामा कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न, नगराउन प्रकाशित सूचना मार्फत आयोगले सुकुम्बासीका लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आचारसंहिता लागु भएसंगै रोकिएको जनाउ दिएका छन ।

त्यस्तै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु नहुने सूचना प्रकाशित गरेसंगै आयोगले आफ्नो काम रफ्तार सञ्चालन गर्दै वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका पहिचान गर्ने जनाउ सहित यसअघि भएका सहमति अनुरुपको कार्य सम्पादन हुने जारी सूचना मा उल्लेख गरेको छ ।