बिहिबार, बैशाख १३, २०८१

वाजुरामा मुचुल्का विवादका कारण जारी मतगणना पुन : रोकियो

 काठमाडौं मंसिर १६,
गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्र्तगत विवाद र विरोधका वीच विहिवारबाट शुरु भएको वाजुराको गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना पुनस् रोकिएको छ ।

प्राप्त जानकारी अनुसार मतगणनाको क्रममा प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिका–६ स्थित धिम मतदान केन्द्रमा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ३० मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको हो ।

यख्पी मुचुल्का गरेको भन्दा बढी मतपत्र भेटिएपछि सो सम्बन्धमा राजनीतिक दलहरूसँग छलफल भइरहेको बताइएकोछ । स्मरण रहोस, प्रतिनिधिसभा सदस्यतर्फ बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्रीप्रसाद पाण्डेको अग्रता कायम छ । दोस्रो स्थानमा एमालेका कर्णबहादुर थापा रहेका छन् ।