शुक्रबार, चैत्र १६, २०८०

प्रम देउवा र राउतवीच भेटवार्ता : राउत नेतृत्वको जनमत पार्टी सत्ता गठबन्धनमा आबद्ध हुँदै सरकारमा सहभागी हुने

काठमाडौं मंसिर १५,
सीके राउत नेतृत्वको जनमत पार्टी सत्ता गठबन्धनमा आबद्ध दलसँग मिलेर सरकारमा सहभागी हुने भएको छ । आज अपराह्न बालुवाटारमा राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको भेटमा उक्त सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभएको छ। यसअघि काँग्रेस नेता  निधि र राउत बीच भेटवार्ता भएको थियो भने  निधिकै पहलमा राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो।

कांग्रेस नेता निधिले आफ्नो समाजीक सञ्जाल ट्विटरमा ट्विटगर्दै अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष डा। सीके राउतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गराएर फर्कँदै छु। दुवै जनामा सकरात्मक र परिणाममूलक वार्ता भएको छ। गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको लेख्नु भएको छ।