शुक्रबार, चैत्र १६, २०८०

सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार कार्की निर्वाचित

 काठमाडौं मंसिर १५ ,
निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न निर्वाचन अन्र्तगत सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबाहदुर कार्की निर्वाचित हुनुभएको छ।

नेपाल सरकारका सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले आफ्ना निकटम प्रतिस्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतलाइ ११२ मतान्तरमा पराजित गर्नुभएको हो । कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दै गर्दा कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।