शनिबार, बैशाख ८, २०८१

दोलखाका १० वटा मतदान केन्द्रमा आज विहान ७ बजेदेखि पुनः मतदान हुँदै

 काठमाडौं मंसिर १५,
दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ । निर्वाचनमा धाँधली भएको भन्दै गत मंसिर ४ गते सम्पन्न् निर्वाचनको मतगणना हुन नसकेपछि मतगणना स्थगित गर्दै आज पुन निर्वाचन गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेको र बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने जानकारी दिनुभयो ।

पुनः मतदान हुँदै गरेको दोलखाको १० मतदान केन्द्र क्रमस वैतेश्वर गाउँपालिका९६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका९२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ र वैतेश्वर गाउँपालिका९३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ रहेको छ ।