मङ्लबार, बैशाख ११, २०८१

समूह चरणको विजेता र उपविजेता बन्दै अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा

 काठमाडौं मंसिर १५,
विश्वकप फुटबल अन्र्तगत समूह ‘सी’ को गए राति भएको अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २९० गोलअन्तरले पराजित गर्दै समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

खेलको ३९औं मिनेटमा प्राप्त अर्जेन्टिनाका लागि प्राप्त पेनाल्टीमा कप्तान लियोनल मेस्सी गोल गर्न चुके पनि अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरेसंगै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको हो ।

 त्यसपछि खेलको ६७औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै बन्न सफल भयो । अर्जेन्टिनाले खेलेको तीन खेल मध्ये दुई जित र एक हारसहित छ अङ्क जोडेको छ भने सोहि समूहबाट उपविजेता बन्दै पोल्याण्ड पनि कआउट चरणमा पुगेको छ।