शुक्रबार, चैत्र १६, २०८०

निर्वाचन सकिएको दश दिनपछि स्याङ्जा २ को मतगणना हुँदै

काठमाडौं मंसिर १४,

गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन सकिएको दश दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना आज राती ९ बजेबाट शुरु हुँदैछ । स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना शुरु गर्न आयोगले आज निर्देशन दिएसँगै मतगणनाको प्रक्रिया थालिएको हो ।

प्राप्त पछिल्लो जानकारी अनुसार मतगणनाको लागि निर्वाचन अधिकृतको कार्यालयमा आज अपरान्ह देखि सर्वदलीय बैठक जारी रहेको र बैठक लगत्तै मतगणना शुरु हुने बताइएको छ ।