शुक्रबार, चैत्र १६, २०८०

कडासुरक्षा व्यवस्थाकावीच दोलखा जिल्लाका यी मतदान केन्द्रमा विहिवार पुनः मतदान हुँदै

काठमाडौं मंसिर १४,
गत मङ्सिर ४ गते सम्पन्न आम निर्वाचनको क्रममा धाँधली भएको भन्दै विवाद सिर्जना भएसंगै निर्वाचन आयोगले पुनः मतदानका लागि  यसअघि गरेको निर्णय अनुसार दोलखा जिल्लामा बिहीबार पुनः मतदान हुने भएको छ। भोली हुँने निर्वाचनको लागि आयोगले कडा सुरक्षा व्यवस्था सहित बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने निर्वाचनको समय सिमा तोकेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जिल्लाको वैतेश्वर गाउँपालिका –२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका –३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा पुनः मतदान हुँदैछ । त्यसैगरी सोही गाउँपालिका –६ मा वैतेश्वर मावि मतदान केन्द्रको ‘क’, ‘ख’ र ‘ग’ र तामाकोसी गाउँपालिका –३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मा निर्णय अनुसार पुनः मतदान पुनः मतदान गराउन लागेको हो ।

त्यस्तै विहिवार हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएकाले मतदाताले ढुक्कसँग मतदान गर्न सक्ने जानकारी सहित सुरक्षा व्यवस्था अनुरुप पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाको सुरक्षा निगरानी सहितको व्यवस्था मिलाइएको जानकारी दिएको छ।