शनिबार, बैशाख ८, २०८१

४३ लाख भ्रष्टाचार गर्ने इन्जिनियर पाण्डे र निर्माण समितिका अध्यक्ष सहित ६ जना विरुद्ध मुद्धा दायर

 काठमाडौं मंसिर १४,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पाण्डेसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ ।

आयोगले आर्थिक वर्ष २०७४. ०७५ मा सल्यानको त्रिवेणी गाउँपालिका वडा नं। १ स्थित रिखेबगर–गैरीकटेरी–बाघमारे मोटरबाटो स्तरोन्नतिका लागि विनियोजित बजेट मध्ये ४३लाख२२हजार१५५ हिनामिना गरेको अभियोगमा तत्कालीन कार्यालय प्रमुख पाण्डेसहित शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, दाङका तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव, तत्कालीन सबइन्जिनियर नारायण ओलीले निर्माण समितिका अध्यक्षसमेतको मिलेमतोमा हिनामिना गरेको अनुसन्धानको क्रममा देखिएसंगै उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो।

त्यस्तै कार्यालयका तीन पदाधिकारीले सडक निर्माणको लागि सडक निर्माण उपभोक्ता समितिसँग भएको सम्झौताको शर्त र स्वीकृत लागत अनुमानविपरीत भेरिएशन स्वीकृत नगरी आफूखुशी बदनियतपूर्वक आफूलाई सजिलो पर्नेगरी जथाभावी निर्माण कार्य गरी गराई मूल्याङ्कन बिल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई योजनाको स्वीकृत लागत अनुमान अर्थात् डिजाइन र नर्म्सविपरीत उपभोक्ता समितिलाई उक्त रकम भुक्तानी दिएको अख्तियारले जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031