शुक्रबार, बैशाख ७, २०८१

वाग्मती किनारको बस्ती हटाउन खोजेपछि सुकुम्वासीको  ढुङ्गामुढा र नाराबाजीसहितको प्रदर्शन

काठमाडौं मंसिर १२,
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र महानगरको टोलीले आज राजधानीको वडा न ११ स्थित वाग्मती किनारको सुकुम्वासी बस्तीमा रहेको अनधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउन डोजर चलाउन शुरु गरेको छ ।

तर बस्तीमा सुकुम्बासीहरुले डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिका र महानगर प्रमुख बालेन साह विरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरेका छन् । यो समाार तयार पार्द गर्दाको समयमा समेत त्यस क्षेत्रमा तनाव कायमै रहेका थियो ।

काठमाडौं महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिए पनि स्थानीय सुकेम्वासीहरुले आफुहरुलाइ कुनै विकल्प नदिएका कारण बस्तीबाट नहट्ने अडान सहित जारी सूचनाको वर्खिलाप डोजर चलाउने काममा अवरोध गर्दै नाराबाजीसहित टायर बालेर प्रदर्शन मात्र नभइ ढुङ्गामुढामा उत्रिएका हो ।

त्यस्तै जस्तो सकुै विरोध भएपनि अनधिकृत रुपले नदी किनारमा बनाइएका छाप्रो हटाइछाड्ने महानगरपालिकाको तयारी रहेको छ ।

घरेलु हतियारसहित शुरु भएको प्रर्दशनको क्रममा आन्दोलनकारी संगै महानगर प्रहरी बलका नगर उपरीक्षक राजु पाण्डेसहित एक दर्जन बढी घाइते भएसंगै प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी समेत परिचालित भएको थियो । ज्ञात रहोस त्यस क्षेत्रमा करिव एक सय ३६ सुकेम्वासी वस्ती रहेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031