बुधबार, बैशाख १२, २०८१

आज रामजानकी विवाह अर्थात विवाह पञ्चमी पर्व मनाइदैँ

काठमाडौं मंसिर १२,
आज मर्यादा पुरुषोतम भगवान राम र सीताबीच वैवाहिक कार्यक्रम भएको सम्झनामा जनकपुरमा विवाह पञ्चमी पर्व मनाइदै छ । साताव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत जनकपुरमा आज मनाइने रामजानकी विवाह महोत्सवमा पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।

विवाह पञ्चमी पर्वका लागि जनकपुर क्षेत्र सहित जनकपुरको प्रसिद्ध जानकी मन्दिर, जनक मन्दिर, गङ्गा सागरसहितको स्थानमा विशेष सरसफाइको गरिएको छ । विवाह पञ्चमी पर्व अन्र्तगत रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न भएको मानिन्छ । त्यस अवसरमा शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

विवाह पञ्चमी मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गर्ने गरिन्छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना सहित पर्वलाइ धुमधामकासाथ मनाउँने तयारी भइरहेको बुझिएको छ । यसक्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार आज सम्पन्न हुने भएको छ ।