शनिबार, अशोज १३, २०८०

आम निर्वाचनको जनादेश : विभिन्न राजनैतिक दलका ५ दर्जन चर्चित अनुहारको संसद वहिगर्मन

काठमाडौं मंसिर ११,
गत मंसिर ४ गते सम्पन्न् आम निर्वाचन अन्र्तगत प्रतिनिधि सभा तर्फ १ सय ६५ मध्ये निर्वाचन सम्पन्न भएर मतगणना जारी रहेका १ सय ५७ स्थानको मत परिणाम सार्वजनिक भइसेको छ । सार्वजनिक मत परिणामले प्रत्यक्ष तर्फ नेपाली कांग्रेसलाई पहिलो दल बनाएको छ भने एमालेलाई दोस्रो दल बनाएको छ ।
यद्यपी यसवीचमा सम्पन्न मतदान प्रक्रिया मार्फत नेपाली जनताले अघिल्लो प्रतिनिधि सभामा रहेका काँग्रेस, एमाले, नेकपा माओवादी, नेकपा एस,जसपा , लोसपा लगायतका राजनैतिक दलका लगभग ५ दर्जन चर्चित अनुहारलाइ यसपटक संसद वाहिर रहने गरि जनादेश दिएका छन।

यसक्रममा नेपाल सरकारका गृहमन्त्री समेत रहेको काँग्रेस नेता बालकृष्ण खाण , उमाकान्त चौधरी, भीमसेनदास प्रधान,चित्रलेखा ,उमेश श्रेष्ठ यादव,सुजाता कोइराला,विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला ,पुष्पा भुसाल गौतम ,अभिषेकप्रताप शाह, देवेन्द्रराज कँडेल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका, नेता राजेन्द्र महतो,अनिलकुमार झा, नेकपा एमालेका ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल र प्रदीपकुमार ज्ञवाली , शेरधन राई,नवराज सिलवाल, निरुदेवी पाल ,माओवादी केन्द्रका देवप्रसाद,गुरुङ,गिरिराजमणि पोखरेल र पम्फा भुसाल ,ओनसरी घर्ती, अञ्जना विशङ्खे रहेका छन ।

भानुभक्त ढकाल महेश्वरजङ्ग गहतराज, जीवनरामश्रेष्ठ ,राजमोका दुर्गा पौडेल अञ्जना विशङ्खे, कृष्णकुमार राई, कृष्णभक्त पोखरेल, गणेश ठगुन्ना, गौरीशङ्कर चौधरी, गङ्गा चौधरी , घनश्याम भुसाल, चक्रपाणी खनाल, झपटबहादुर रावल ,प्रमोद साह, बृजेशकुमार गुप्ता, भरतकुमार शाह, भूमिप्रसाद त्रिपाठी र मातृकाप्रसाद यादव रहेका छन ।

त्यस्तै गरि मोहम्मद इस्तियाक राई, यज्ञराज सुनुवार, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, राजेन्द्रप्रसाद श्रेष्ठ, रामकुमारी झाँक्री, हृदयेश त्रिपाठी , लक्ष्मणलाल कर्ण, लालबाबु पण्डित,लेखराज भट्ट,बीना मगर, विरोध खतिवडा, सोमप्रसाद पाण्डेय, शेरबहादुर तामाङ कोमल वली लगायतका ५ दर्जन अनुहारका लागि सम्पन्न निर्वाचनले प्रतिकुल सावित भएका छन ।