शनिबार, जेष्ठ १२, २०८१

समानुपातिकतर्फ करिब ८० प्रतिशत मतगणना सम्पन्न : आयोग

काठमाडौं मंसिर ११,

निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको जनाएके छ ।  त्यस्तेै मतगणनाको परिणाम निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम समेत जारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारीदिनुभएको छ।

स्मरण रहोस .सम्पन्न निर्वाचनको प्रारम्भिक विवरणमा ६१ प्रतिशत अर्थात एक करोड ७ लाख तीन हजार २७० मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी रहेको आयोगले जनाएको छ ।