शुक्रबार, बैशाख ७, २०८१

सत्तागठबन्धनकी साझा उम्मेदवार शर्मासंग एमालेका महासचिव पोखरेल पराजित

काठमाडौं मंसिर ८
मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचन अन्र्तगत नेकपा एमालेका महासचिव शंकर पोखरेल १९७ मतान्तरमा पराजित भएका छन् । दाङ २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पोखरेललाई सत्तागठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् ।

निर्वाचित शर्माले २६ हजार ८७७ मत प्राप्त गर्दै गर्दा एमाले महासचिव पोखरेलले २६ हजार ६८० मत प्राप्त गनुभएको हो । यस क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदातामध्ये ७९ हजार चार सय ४६ मत खसेको थियो ।