मङ्लबार, बैशाख ११, २०८१

घट्दो मौसमी तापक्रमसंगै उपत्यकामा निकै चिसो महसुस

काठमाडौं मंसिर ६,

मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समय नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावबढेसँगै घट्दो मौसमी तापक्रमका कारण काठमाडौँ उपत्यकामा  बढी चिसो महसुस भएको जनाएको छ ।

महाशाखाले आज काठमाडौँको न्यूनतम तापक्रम सात दशमलव पाँच डिग्री सेल्सियस मापन भएसंगै आज यो वर्षकै बढी चिसो महसुस गरिएको जनाएको हो ।

त्यस्तै महाशाखाले तापक्रम घट्ने क्रम बढ्दो रहेका कारण चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गर्दै आज काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस रहेको जनाएको छ ।