बिहिबार, बैशाख १३, २०८१

समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेको अग्रता

 काठमाडौ मंसिर ६,
गत आइतवार सम्पन्न आम निर्वाचन अन्र्तगत समानुपातिकतर्फको मतगणनाको प्राप्त पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले २० दशमलव ४ प्रतिशत अर्था समानुपातिकतर्फ १ लाख १८ हजार ७६८ मत पाएको छ भने नेपाली काँग्रेसले २५दशमलव ३ प्रतिशत अर्थात ८५ हजार ९८४ मत प्राप्त गरेको छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ४६ हजार ६७८ मतसहित तेस्रो स्थानमा रहेका छन भने माओवादी केन्द्रले ३८ हजार ८७७ मतसहित चौथो स्थान पाएका छन ।

त्यस्तै राप्रपा २६ हजार ३७८ मतसहित पाँचौं, जसपा ८ हजार १५४ मतसहित छैटौं तथा जनमत पार्टी ७ हजार ६८१ मतसहित सातौं स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी ५ हजार ५६२ मतसहित आठौं, नेमकिपा ५ हजार ४३६ मतसहित नवौं तथा नेकपा एस ५ हजार २१४ मतसहित दशौं स्थानमा रहेका छन ।