शुक्रबार, चैत्र १६, २०८०

निर्वाचनमा पराजित भएसँगै डा .भट्टराईले प्रेस वक्तव्यमार्फत गगनलाई दिए बधाई

संचारकर्मीलाइ प्रतिक्रिया दिने क्रममा गगनले भने-  अबको तयारी संसदीय दलको नेताका लागि

काठमाडौ मंसिर ६,
काठमाडौं ४ निर्वाचनमा कांग्रेस महामन्त्री गगनकुमार थापासँग पराजित भएसंगै नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले प्रेस वक्तव्य जारी गरी निर्वाचित उम्मेदवार एवम् काँग्रेस महामन्त्री गगनलाइ बधाई दिएका छन ।

डा भट्टराई र गगनवीचको चुनावी प्रतिस्प्रर्धाको क्रममा सात हजार चारसय ४७ मतान्तरमा पराजित भएको हो । गगनले २१ हजार ३०२ मत प्राप्त गर्दै गर्दा डा.भट्टराईले १३ हजार ८५५ मत प्राप्त गर्नुभएको छ ।

डा. भट्टराईले जारी गरेको बधाइ वक्तव्यमा निर्वाचनमा आफूलाई मत दिने मतदातालाई धन्यवाद ज्ञापन गर्दै काठमाडौं ४ मा नेकपा एमाले सपफल हुन नसकेपनि देशका अन्य विभिन्न क्षेत्रमा सूर्यध्वजावाहक निर्वाचित हुनुको अलावा समानुपातिक तर्फ समेत पार्टीको स्थान निकै सवल रहेको उल्लेख गर्दै आफु सदा जनसेवामा समर्पित रहने जनाउ दिनुभएको छ।

 

यसैवीच काठमाडौं ४ बाट निर्वाचित कांग्रेस महामन्त्री गगन थापाले संचारकर्मीलाइ प्रतिक्रिया दिने क्रममा अब संसदीय दलको नेताका लागि तयारी गर्ने बताउँनुभएको छ।  यसअघि गगनले प्रधानमन्त्रीको दावेदारी सहित अभिव्यक्त प्रतिवद्धता अनुरुप चुनाव जित्ने हो, त्यसपछि संसदीय दलको नेतामा लड्ने हो अनि प्रधानमन्त्रीको जिम्मेवारी लिदै देशलाई अगाडि लैजाने अठोट व्यक्त गर्नुभएको थियो ।