बिहिबार, बैशाख १३, २०८१

काठमाडौं ४ मा काँग्रेस महामन्त्री गगनको विजय निश्चित

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रेष्ठको अग्रता, काठमाडौं ९ मा एमालेका कृष्णगोपाल विजयी

काठमाडौं मंसिर ६,
काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा निर्वाचित हुने लगभग निश्चित भएको छ ।

कुल खसेको ४५ हजार ९१० मतमध्ये गणना भएको ४१ हजार ५७ मतमध्ये थापाले १९ हजार १८ पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ३२ मत प्राप्त गर्नुभएको छ। थापाले भट्टराईलाइ पाँच हजार ९८६ मतले पछाडि छोड्नु भएको छ।

त्यस्तै मतगणना हुन बाँकी चार हजार ८५३ मतमध्ये पनि काँग्रेसका महामन्त्री समेत रहेका नेता थापाले अझै थप मत आफ्नो पक्षमा पार्ने निश्चित रहेको देखिन्छ ।

यसैवीच काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले आफ्नो अग्रता कायमै राखेका छन भने काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएको समाचार प्राप्त भएको छ ।