बिहिबार, बैशाख १३, २०८१

मनाङ प्रतिनिधि सभा सदस्यमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

काठमाडौं मंसिर ५ ,
आइतवार सम्पन्न् आम निर्वाचन मार्फत मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले ३ सय ३० मतान्तरले एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गर्नुभएको हो।

कांग्रेसका गुरुङले २ हजार ५ सय ७७ मत प्राप्त गर्दैगर्दा एमालेका गुरुङले २ हजार २ सय ४७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि २०७४ एमालेले वर्चश्र्व बनाएको यस क्षेत्रमा काँग्रसले फेरि आफ्नो विरासत कायम गरेको हो ।