शुक्रबार, चैत्र १६, २०८०

भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका उम्मेदवार सुवाललाइ पछि पार्दै राप्रपाले लियो अग्रता

 काठमाडौं मंसिर ५
आइतबार सम्पन्न आम निर्वाचन अन्र्तगत जारी मतगणनाको क्रममा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नं १ मा २०४८ सालदेखि निरन्तर एकल वचश्र्व कायम गर्दै आएका नेमकिपाका उम्मेदवार प्रेम सुवाललाइ ले राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले पछि पार्दै शुरुआती अग्रता लिएका छन् ।

चाँगुनारायण नगरपालिका वडा नं १ को मतगणनाका क्रममा खड्काले अग्रता लिएका हुन् । प्राप्त जानकारी खनुसार एक हजार ३११ मतगणना हुँदा खड्काले ३५९, एमालेका नवराज गेलालले ३५६, नेमकिपाका प्रेम सुवालले २९२ र माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत प्राप्त गरेको त्यहाँस्थित हाम्रा सहकर्मीले जनाएका छन् ।