मङ्लबार, बैशाख ११, २०८१

विश्वकप फुटबल: आज तीन खेल हुँदै , आइतवार इक्वेडरसंग २–० को अन्तरमा कतार पराजित

 काठमाडौं मंसिर ५ ,
कतारमा आइतवारबाट शुरु भएको फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ । विश्वकपमा विभिन्न ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । यस विश्वकपमा कूल ६४ खेल हुनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली नकआउट चरणमा पुग्नेछन् ।

आजको खेलामा समूह ‘ए’ अन्तर्गत सेनेगल र नेदरल्यान्ड्सबीच र समूह बीमा दुई खेल हुँने भएको छ। पहिलो खेल हुनेछ । जसअनुसार समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

त्यसैगरी समूह ‘बी’अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । त्यस्तै समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।

यसैवीच आइतवारको उद्घाटनसत्रको खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गर्दै इक्वेडरले शीर्ष तीन अङ्क जोडेको छ ।