शुक्रबार, बैशाख ७, २०८१

निर्वाचनको क्रममा बाजुरा जिल्लामा दोहोरो झडप हुँदा एकको मृत्यु

काठमाडौं मंसिर ४ ,
निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको क्रममा केही सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो ।

त्यस्तै उहाँँले आज साँझा आयोजित पत्रकार सम्मेलनमा मतदानका क्रममा बाजुरा जिल्लामा दोहोरो झडप हुँदा एक जना सर्वसाधारण नागरिकको मृत्यु भएको तथा अन्य केही स्थानमा केही नागरिकको घाइते भएको घटनाप्रति आयोग दुःख व्यक्त गर्दछ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य उपचारको आवश्यक व्यवस्था गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै आयोगले निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदाय, सञ्चारमाध्यम, निजी क्षेत्रलगायत सबै क्षेत्र र समुदायप्रति निर्वाचन आयोग हार्दिक आभार व्यक्त गर्नुभएकोछ ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031