शुक्रबार, चैत्र १६, २०८०

निर्वाचनमा ६१ प्रतिशत मत खस्यो, मतदान स्थगित भएका १५ स्थानमा दुई दिनभित्र मतदान: आयोग

 काठमाडौं मंसिर ४ ,
आइतबार भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । मतदान बिहान ७ देखि अपराह्न ५ बजेसम्म भएको थियो।

निर्वाचन प्रक्रिया सके लगत्तै आज साँझ आयोगले पत्रकार सम्मेलनमा र्फत आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार करिब ६१ प्रतिशत मतदान भएको जजनाएको हो ।

त्यस्तै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थपघट हुनसक्ने जानकारी दिदै यसपटकको निर्वाचनमा अपेक्षितभन्दा कम मत खसेको जनाउ दिनुभएको छ।

त्यस्तै आयोगले सुर्खेत, नवलपरासी, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको जानकारीदिदै उहाँले मतदान स्थगित भएका ठाउँमा दुई दिनभित्र मतदान हुने जनाएको छ ।