शनिबार, बैशाख ८, २०८१

विश्वकप फुटबल प्रतियोगिता आजदेखि समूह चरणको पहिलो खेल आयोजक राष्ट कतार र इक्वेडरबीच हुँदै

 काठमाडौं मंसिर ४ ,
आजबाट विश्व फुटबलको कुम्भमेला अर्थात फिफा विश्वकप फुटबल प्रतियोगिता कतारमा सुरु हुँदैछ । आज कतारस्थित अल बायत स्टेडियममा उद्घाटन खेल हुने भएको छ।

आजको उद्घाटन खेलको पहिलो खेल आयोजक राष्ट कतार र इक्वेडरबीच हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि सुरु हुने भएकोछ । खेलको उद्घाटनसत्रपूर्व औपचारिक उद्घाटनको कार्यक्रम हुनेछ ।

त्यस्तै आजको खेलमा कतार र इक्वेडर दुवै टोली उद्घाटन खेलमा जित निकाल्दै विश्वकपमा सुखद सुरुआत गर्ने योजनाका साथ मैदानमा उत्रने तयारीमा रहेको छ भने ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने योखेलामा यसपटक सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

प्राप्त खेलतालिकोको समूह चरण अनुसार आयोजक राष्टको समूहमा नेदरल्याण्ड, इक्वेटर र सेनेगल रहेका छन । त्यस्तै विश्वकपको समूह ‘बि’मा इङ्ग्ल्यान्ड, इरान, अमेरिका र वेल्स छन् भने समूह ‘सि’मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड त्यस्ते समूह ‘डि’मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया रहेकाछन ।

त्यस्तै समूह ‘इ’ मा स्पेन, कोस्टारिका, जर्मनी र जापान छन् । यसैगरी समूह ‘एफ’मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया छन् भने समूह ‘जि’ मा ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन र समूह एचमा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया रहेका छन् ।