बिहिबार, चैत्र १५, २०८०

आज देशैभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदै

काठमाडौं मंसिर ४ ,

आज मसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा लामवद्ध रहेका छन । मतदान प्रक्रिया अपराह्न ५ बजेसम्म चल्नेछ ।

आफ्नो मताधिकार प्रयोग गर्दै सक्षम र सवल नेतृत्व चयनका लागि आज देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको हो ।

आज एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई निर्वाचन मार्फत आफ्नो नेतृत्वको चयन गर्नेछन ।
साथै आयोगले निर्वाचनको लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र मार्फत निर्वाचन गराउँदै छ ।