शनिबार, बैशाख ८, २०८१

आम निर्वाचनको स्थिर समय, निर्वाचनसंग सम्बन्धित प्रचारप्रसारका सबै गतिविधि ठप्प

काठमाडौ मंसिर २,
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीबार राति १२ बजेदेखि स्थिर समय लागू भएको छ । गए राति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचनसंग सम्बन्धित प्रचारप्रसारका सबै कारवाही बन्द भएको आयोगले जनाएको छ।

त्यस्तै आयोगले यसअघिका निर्वाचनमा मतदानको अघिल्लो ४८ घण्टाअघिदेखिको समयलाई मौन अवधि भनिन्थ्यो । आयोगले यसपटक नयाँ शब्दावलीको प्रयोग गरेको जनाउँदै स्थिर समयमा के गर्न पाइने र नपाइने कामकारवाहीको विषयमा समेत सूचना दिएको छ।

स्थिर समयमा के गर्न पाईँदैन ?

आयोगका अनुसार स्थिर सयम लागू भएसंगै कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका लागि सामग्री पोष्ट वा शेयर गर्न वा गराउन हुँदैन । यखि गरिएको गरेको पाइएमा कानून बमोजिम कारबाही हुने जनाएको छ।

यसैगरी मतदानको दिन राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत सङ्केत भएको पहिरन वा ब्याज लगाउन , मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोसाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने आयोगले जनाएको छ ।

साथै आयोगले गर्न नहुने भनि घोषित गरिएको कुनै पनि कामकारवाही भए वा गरे त्यस्ता कार्य गर्नेलाइ आयोग, निर्वाचन अधिकृत वा अनुगमानकर्ताले रु २५ हजारसम्म जरिवाना गर्न सक्नेछ । आचार संहिता पालना भए नभएको अनुगमन गर्न समिति गठन गरिएको आयोगले जनाएको छ ।