मङ्लबार, चैत्र ६, २०८०

मतदातालाई ढुक्क र उत्साहपूर्वक मताधिकार प्रयोग गर्न गृहको अनुरोध

 काठमाडौं मंसिर २,
गृह मन्त्रालयले मङ्सिर गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्तपूर्णरुपमा वातावरणमा हुने विश्वास दिलाउँदै ढुक्क भएर मतदान गर्न आममतदातालाई आग्रह गरेको छ ।

विगतभन्दा धेरै राम्रो निर्वाचन सुरक्षा व्यवस्था गरेको जानकारी सहित सम्पूर्ण मतदातालाई उत्साहपूर्वक मताधिकार प्रयोग गर्न अनुरोध गर्नुभएको हो ।

निर्वाचनको पूर्व तयारीबारे मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता विनोद प्रकाश सिंहले कर्मचारी, मतदाता र मतपत्रको सुरक्षामा खतरा पु¥याउने व्यक्ति दलरसमूह र सङ्गठनमाथि कडा निगरानी राखिएको बताउनुभयो ।

त्यस्तै प्रवक्ता सिंहले निर्वाचनको सुरक्षा तयारीबारे जानकारी दिँदै केही दिन यता केही हिंसात्मक गतिविधिहरू देखिएका छन् । यस्ता खालका गतिविधिमा संलग्न व्यक्ति, समूह र सङ्गठनप्रति शून्य सहनशीलता सहित सूक्ष्म अनुगमन र कडा निगरानी भइरहेको बताउनुभयो ।

साथै उहाँले देशभर अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुुसन्धान विभाग र म्यादी प्रहरी गरी दुई लाख ९८ हजार पाँच सय ७९ जनशक्ति परिचालित भएको जानारी सहित मतदानस्थलको संवेदनशीलता अनुसार थप सुरक्षाकर्मी परिचालन गरिएको जनाउँदै मुलुकको सङ्घीय राजधानी काठमाडौँमा मात्र पाँच हजार ७७९ सुरक्षाकर्मी परिचालन भएको बताउनुभयो ।