काठमाडौं मंसिर २,
नेपाल र युएईबीच नेपालस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालित एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थानमा अनलाईन लाईभ सट्टेबाजी [जुवा] खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उक्त स्थानमा भारतमा दर्ता रहेका बिभिन्न अनलाईन साईटहरुमार्फत व्यावसायिकरुपमा अनलाईन सट्टेबाजी [जुवा] खेलि र खेलाइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीयअनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले अनलाईन लाईभ सट्टेबाजी [जुवा] खेलिरहेकोअवस्थामा व्यावसायिक रुपमा सट्टेबाजी [जुवा] मा संलग्न रहेका उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर जुवा ऐन अन्तर्गत कारवाहीको लागि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।